कृषिमा लगानी ल्याउन सरकार क्रियाशील : मन्त्री विष्ट

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन् ।

मन्त्री विष्टले कृषिजन्य वस्तुको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको बताए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उत्तरदायी व्यवसाय संचालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दाबी गरे । मन्त्री विष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए ।

कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो ।
प्रकाशित : Tuesday, November 06, 2018
,

recent

Popular Posts