×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताहरुलाई आन्दोलनमा बोलाएर सोमबार इन्भेष्टर्ष फोरमका अध्यक्ष नेप्से किन गएनन् ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सोमबार विभिन्न लगानीकर्ताहरुको संयुक्त आह्वानमा नेप्से घेर्न गए लगानीकर्ताहरु । पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष, नेपाल पूँजीबजार संघका अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्षसहित सबै संघका अध्यक्ष उपस्थित हुँदा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष भने उक्त कार्यक्रममा गएनन् । आन्दोलन गर्ने बेलामा संयुक्त आह्वान गरेका विभिन्न संगठनहरुले आन्दोलन सकिएपछी नेपाल पूँजी बाजार लगानीकर्ता संघको एकल विज्ञप्ति आयो ।

आखिर पौडेल किन गएनन् नेप्से ? हामीले अम्बिका पौडेललाई यस विषयमा बुझ्न फोन गर्यौं । उनले आफ्नो पूर्वनिधारित बैठक भएकाले कार्यक्रममा नगएको दावी गरे । पूर्व निर्धारित बैठक थियो भने किन आज नै कार्यक्रम आयोजना गर्नु भयो त ? उनले भने, ‘साथीहरुले जिद्दी गर्नुभयो । त्यसैले आज नै कार्यक्रम गर्ने भनियो।’  ‘त्यस्तो के कार्यक्रम थियो यत्रो आन्दोलन छोडेर नै जानुपर्ने ?’ हाम्रो प्रश्नमा उनले भने, ‘हाथवे फाइनान्सको बैठक थियो ।’ हामीले पुन: प्रश्न गर्यौं, ‘दिनभर जसो कार्यक्रम भयो । बैठक त दिनभर भएन होला ? एकछिन भएपनि आउने मन भएन ?’ हाम्रो प्रश्नमा उनले भने, ‘कार्यव्यस्तता भयो । आउन नै पाइन ।’ हामीले फेरि सोध्यौं, ‘आन्दोलन गर्ने बेला आह्वान सँगै गर्ने अनि धन्यवाद दिने बिज्ञप्तिचाहिं सँगै निकाल्नु पर्दैन ? नेपाल पूँजीबजार लगानीकर्ता संघले त बिज्ञप्ति एक्लै निकाल्यो त !’ हाम्रो प्रश्नमा उनले यसबारे थाहा नभएको बताउंदै भने, ‘मैले त उहाँहरुको बिज्ञप्ति पनि हेर्न पाएको छैन ।’
सम्भावित ठूलो दुर्घटना टरेकै हो ?
बजारमा दिनभर एकाथरी चर्चा चलेको थियो ‘एक विश्लेषक कुटिएको समाचार थाहा पाएर अम्बिका पौडेल कार्यक्रम स्थलमा आएनन् ।’ कार्यक्रममै आन्दोलनमा सभाभागी एक लगानीकर्ताले भने, ‘कुटाइ खास अम्बिकाले खान्थे आज । उनी आएनन् । नेप्सेसँग सुटुक्क कुरा मिलाएका छन्, कुन मुखले आउँन् ? उनले खानु पर्ने कुटाइ कोहि अरुले खायो ।’ आन्दोलन स्थलमा यस्तो अचम्मको कुरा सुनेपछि हामीले यहि प्रश्न  अम्बिका पौडेललाई गर्यौं, ‘तपाईंमाथि कसले र किन हातपात गर्न खोज्दैछ ? यहि सूचना चुहिएर पो कार्यक्रममा नआएको हो कि ? हाम्रो प्रश्नमा उनले भने, ‘विहानै मैले सबैलाई म कार्यक्रममा आउँदिन भन्ने जानकारी गराएको थिएँ ।’
तर यस विषयमा हामीले नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेललाई सोध्दा उनले  विहान कुरा भएको भएपनि अम्बिका पौडेल किन कार्यक्रममा आएनन् भन्ने कुनै पनि जानकारी नभएको स्पष्ट पारिन् । 
‘आज तपाईंमाथि हातपात हुने केहि व्यक्तिहरुको नियोजित योजना थियो भन्ने चर्चा के हो ? किन र को यसरी तपाईंको पछी लागेका छन् ? तपाईंलाई सुरक्षा थ्रेट भएकै हो ? तपाईंले के गल्ती गर्नु भयो ?’ हाम्रो प्रश्नमा उनले भने, ‘अहँ मलाई त यस विषयमा केहि पनि थाहा छैन ।’
हामीले पुन: प्रश्न गर्यौं, ‘तपाईं साउद सरलाई एक्लै एक्लै भेट्न जानुहुन्छ रे ? केहि समय अगाडी देखि आफु बजारमा खेलेर सानालाई फसाउनु भयो रे ? यहि आक्रोशमा तपाईंप्रति कुनै एक समूह हदसम्मको रिसइवी साँधेर बसेको छ रे ? कुरा के हो ?’, उनले सहज उत्तर दिए, ‘साउदजीसँग बीचमा भेट भएको पनि हो । अनलाइनकै विषयमा कुराकानी भएको पनि हो । अव मैले कसलाई फसाएं भन्ने कुरा भने थाहा छैन ।’  ‘कि लगानीकर्ता संघहरुसँग मन मुटाव भयो ?’ हाम्रो प्रशामा उनले त्यस्तो केहि नभएको स्पष्ट पारे । तर उनी हाथवेको बोर्ड बैठक भएकै कारण मात्र नेप्से गएनन् भन्ने कुरा पत्याउन भने गाह्रो छ ।                
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: