×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करअधिकृतहरुलाई अर्थमन्त्रीको सुझाव ‘करदाताहरुलाई नहप्काउनुस्, बार्गेनिङ नगर्नुहोस्’ (भिडियो रिपोर्ट)

काठमाडौँ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । 
आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमान्दार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । करदाता संग सम्मानपुर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसंग मोलाहिज्जा नगर्न पनि उहाँले सचेत गराउनुभयो । 
उहाँले भन्नुभयो “तपाईहरु सम्मान लिन तयार हुनुहोस् कारवाही भोग्न तयार नहुनुहोस् । त्यो राम्रो हुदैन । यो मेरो अनुरोध पनि हो । राज्यका आँखामा कोही पनि छुट्दैन ।” उहाँले राजश्वबाट तलब भत्ता खाने सबै कर्मचारी कर संकलनको सवालमा सजग र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “हामीले राजश्ववाटै तलबभत्ता सुविधा खाने हो, यहाँ हामीले मोलाहिज्जा गर्यौ भने भोली हाम्रो तलब खाने स्थिति बन्दैन भन्ने कुरा सरकारी राजश्वबाट तलब भत्ता खाने हामी सबैले बुझ्नुपर्छ । ”
उहाँले कारोबार अर्थात् आम्दानीकै आधारमा कर तिर्ने कुराको करदातालाई जानकारी गराउनुको साथै डर धम्कीको भाषा नभई सम्मानपुर्वक व्यवहार गर्न पनि कर्मचारीहरुलाई सुझाउनुभयो ।
कर प्रणालीलाई निजी क्षेत्र लगानी मैत्री बनाउने लक्ष्य अनुसार सरकारले उपभोक्ताको हितलाई प्रतिकूल असर नपर्ने गरि आधारभुत उद्योगहरुको संरक्षण गर्ने किसिमले कर प्रणालीलाई पुर्नसंरचना गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । आन्तरिक पुँजी निर्माण लगायतका लागि पनि सरकारले छनौट पुर्ण ढंगले सिमित समय सम्मका लागि केही आधारभुत उद्योगहरुलाई संरक्षण गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनालले कर प्रणालीलाई छिट्ै नै अनलाईन प्रणालीमा लैजाने बताउनुभयो । कर प्रणाली पुर्ण रुपमा अनलाईन प्रविधिमा गएपछि करमा दर्ता हुने प्रक्रिया सजिलो भएपनि कर तिर्ने, कर गणना र नोक्सानीमा पर्दा करप्रणालीबाट बाहिर निस्कने प्रक्रिया जटिल भएको भन्दै करदाताबाट आउने सबै गुनासोहरुको सम्बोधन हुने दाबी उहाँले गर्नुभयो ।
करको विवरण अनलाईनबाट भर्ने व्यवस्था भएपनि कर तिर्न, कर चुक्ता लिन तथा करमा दर्ताका लागि करदाता स्वयम् कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था छ । साथै अनलाईन कर विवरण बुझाउने सम्बन्धमा पनि करदातालाई पर्याप्त जानकारी गराउन नसक्दा विभिन्न किसिमको झन्झट व्यहोर्नु परेको गुनासो करदाताबाट हुदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: