×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेनान् र नेपाल चिन उद्योग वाणिज्य संघ बीच समझौता, यस्तो हुनेछ नेपाललाई फाइदा (भिडियोसहित)

काठमाडौँ – व्यापारिक तथा आर्थिक सुचना आदान प्रधान गर्ने सम्बन्धमा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिल हेनान् र नेपाल चिन उद्योग वाणिज्य संघ बीच दुई पक्षीय सम्झौता भएको छ । 
चेम्बर भवन जमलमा सोमबार आयोजित कार्यक्रममा दुईपक्षीय सम्झौता भएको हो । दुईपक्षीय प्रतिनिधिमण्डल आदान प्रदान तथा नेपाल र हेनान प्रान्तको व्यापारीक तथा आर्थिक सूचना आदान प्रदान गर्दै व्यापार प्रद्र्धनमा सहयोग पुर्याउने विषय सम्झौता(एमओयु)मा उल्लेख छ । सम्झौतामा नेपाल चिन उद्योग वाणिज्य संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिल हेनानका उपाध्यक्ष चेङ हङ लाईले हस्ताक्षर गर्नुभएको छ । 
नेपाल चिन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्झौताले नेपालको व्यापार प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल अति कम विकसित मुलुकभएकाले सो हैसियतले प्राप्त गर्ने सुविधा प्रयोग गरि उद्योग स्थापना गरि उत्पादित वस्तु नेपाल बाहिर निर्यात गरि फाईदा लिन सुझाउनुभयो । उहाँले नेपालको जलविद्युत्, कृषि तथा पुर्वाधार विकासमा लगानी गर्न अनुरोध पनि गर्नुभयो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: