अरुण भ्याली हाइड्रोपावरको १००% हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर २८ मा एजीएम

एजिएम नोटिस :
कम्पनी : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते

विवरण : 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एक्काइसौं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले  मंसिर १९ गते बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१००% हकप्रद निष्कासन गर्ने ।
धितोपत्र बोर्ड तथा अन्य संस्थाहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
निर्माण गर्न लागेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना (९.९४) मेगावाटका लागि ऋण स्वीकृत गर्ने ।
प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति पारिश्रमिक निर्धारण गर्ने । 

एजिएम हुने स्थान र समय :
मैत्रीहल पाँचौं तल्ला, इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
प्रकाशित : Friday, November 23, 2018

recent

Popular Posts