×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एशीया स्वच्छ व्यवसाय सम्मेलन–२०१८’ काठमाडौंमा हुँदै, यस्ता छान सम्मलेनका आकर्षण ! (भिडियोसहित)

काठमाडौँ – ‘एशीया स्वच्छ व्यवसाय सम्मेलन–२०१८’ काठमाडौंमा हुने भएको छ । 
फेयर ट्रेड ग्रुप, नेपालले मंगलबार काठमाडांैमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आगामी बिहिबारदेखि काठमाडौं सुरु हुने जानकारी गराएको हो । ३ दिनसम्म चल्ने सम्मेलनमा एशीया र विश्वभरका स्वच्छ व्यवसाय संगठनमा आवद्ध प्रतिनिधिहरु सहभागी हुनेछन । दिगो विकास लक्ष्य हासिल हुने गरी स्वच्छ व्यवसायलाई अघि बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा व्यवसायीहरुले स्टल पनि राख्नेछन ।
एशीयाली राष्ट्रका मुख्यमुख्य सहरमा हरेक २ वर्षमा यो सम्मेलन आयोजना हुने गरेको छ । यस वर्ष काठमाडौलाई छनौट गरिएको पनि फेयर ट्रेड ग्रुपले जनाएको छ । सम्मेलनमा स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र प्रवद्र्धनका विविध विषयमा छलफल गरी ठोस रणनीति तय गर्ने बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: