×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसियन लाइफको खुद नाफा ७% ले वृद्धि, जीवन बिमा कोषमा कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – एसियन लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार इन्सुरेन्सको खुद नाफा ७% वृद्धि गरेर १ करोड ६९ लाख ४४ हजार ५१५ रुपैयाँ कमाएको छ । गत वर्ष इन्सुरेन्सले १ करोड ५८ लाख २९ हजार १७८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
इन्सुरेन्सको कुल बिमा शुल्क आर्जन ६८ करोड ९२ लाख ९४ हजार रुपैयाँ भएको छ । यसैगरी, कम्पनीले कुल ९४ करोड ५० लाख ५९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 
इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४७१ रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ६८ लाख ७० हजार १३६ रुपैयाँ जम्मा भएको छ । यसैगरी, एइन्सुरेन्सको जीवन बिमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख १९ हजार रुपैयाँ छ । 
इन्सुरेन्सले महाविपत्ति जगेडा कोष पनि ३ करोड ४६ लाखबाट बढाएर ३ करोड ७२ लाख ४९ हजार ८८७ रुपैयाँ पुर्याएको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: