×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

८ बैंकका ८ घटना : हेर्नुहोस् कुन-कुन बैंकबाट कहिले-कहिले ग्राहकको रकम लुटियो ! (२००८ देखिका घटना विवरण)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- पछिल्लो समय बैंकमा चोरीका घटना बढेका छन्। यसमा बैंक र ग्राहक दुबैको कमजोरी देखिएको छ । यसरी हुने चोरीका घटनामा बैंक र ग्राहक दुवै दोषी छन् । ग्राहकले आफ्नो रकमको ख्याल आफु गर्नुनै पर्छ । अर्को तर्फ बैंकले पनि सुरक्षा स्थितिलाई मजबुत बनाउनुपर्छ । तर ग्राहकलाई मात्र दोष दिन मिल्दैन । न त बैंकलाई मात्र दोष दिन मिल्छ । यस विषयमा सम्बन्धि सबैले ध्यान दिन जरुरी छ ।   हामीले केहि यस्तै घटनाको विवरण लिएर आएका छौं । 

२०१८ 
केहि दिनअघि झापाको एनएमबि बैंकबाट भौचर भर्दै गर्दा बैंकको रकम चोरी भयो । 
सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमइमा लैजाँदै गर्दा केहि समय अगाडी एक सेवाग्राही धनगढीमा लुटिएका थिए । लुटेराहरुले गोलीसमेत प्रहार गरेका थिए ।  

बुटवलको एभेरेष्ट बैंकमा ग्राहकले भौचर भर्दै गर्दा रकमको झोला चोरिएको थियो । 
२०१५ 
२०१५ मा ग्लोबल आईएमी बैकको मध्ये बानेश्वर शाखामा नियमित जसो पैसा निकाल्न गईरहन्थिन् सरस्वती आचार्य । बैंकबाट पैसा निकालेर आफ्नो इस्कुटी चढ्नै लाग्दा उनले नसोचेको घटना घट्यो । मोटरसाईकलमा आएका दुईजनाले इस्कुटी चढ्ने बेलामा उनका हातबाट रकमको झोला खोसेर भागेका थिए । सिनामंगल स्थित हाम्रो चितवन मनिट्रान्सफरका लागि निकालेको १८ लाख, ८४ हजार रुपियाँ झोलासहित लुटिएको हो । सरस्वती आचार्य मनिट्रान्सफरकी संचालिका थिईन । पुरानो बानेश्वरबाट निलने पलसरमा सवार पछाडि बसेकाले सरस्वतीको हाते झोला लुटेका थिए । मोटो रकम निकाल्दा एक्लै आउनु र पैसा निकालेपछि सजक नहुँदा सजिलै पैसा लुटिएको प्रहरीको भनाई थियो ।
२०१५ नोभेम्बर १८मा रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा रहेको एसबिआई बैंक शाखा कार्यालयमा दिनको १;१५ मिनेट जाँदा चन्द्रनिगाहपुरकै इन्फाइस्ट्रचर डेभलपमेन्ट बैंकका गार्ड र कर्मचारी एसबिआई बैंकमा रकम निकाल्न आएका थिए । बैंकबाट नगद २० लाख झिकेर उनीहरु भुँई तलामा पुग्न नपाउदै रकम लुटपाट भएको थियो । गोली हानी २० लाख रुपियाँ लुटिएको थियो । इन्फाइस्ट्रचर डेभलपमेन्ट बैंकका कर्मचारी एसबिआईमा रकम लिन आएको थाहा पाए पछि ४ जना लुटेराहरु पहिले नै एसबिआई बैंकको तल कुरिरहेका थिए । जब सुरक्षा गार्ड र लकर्मचारी रकम लिएर तल झर्छन र रकम दिन नमानेपछि लुटेराले सुरक्षा गार्डलाई २ राउण्ड गोली प्रहार गरि रकम लिएर भागेका थिए ।
२०१४ 
कुमारी बैंकको इटहरी शाखामा २०१४ अप्रिल ३० मा करिब १२ बजे र ४५ मिनेटमा एक सेवा ग्राही लुटिएका थिए । बैंकमा रकम जम्मा गर्न आएका उनले काउण्टर अगाडी रकमको झोला आफ्नो छेउमा रहेको अर्को कुर्सीमा राखेर भौचर भर्दै गर्दा पछाडि बाट सामान्य भेषमा आएका एक व्यक्तिले झोला लगेर भागेका थिए । सो समयमा बैंकका सेकुरेटी गार्ड पनि काउण्टर अगाडी हिडडुल गरिरहेको अवस्था थियो ।

२०१३ 

२०१३ डिसिम्बर ११ मा कंञ्चनपुर महेन्द्रनगरको नबिल बैंकको शाखाबाट धनगडीस्थित नेपाल राष्ट्र बैंकमा पैसा जम्मा गर्न जाँदै गरेको म.१च १४६ नम्बरको जीप लुटिएको नबिल बैंकले पुष्टि गरेको थियो । जीवलाई नियन्त्रण लिएर २ करोड ३० लाख ६० हजारका साथै २ सय अमेरिकी डलर लुटिएको पनि बैंकले जनाएको थियो । जीपमा चालक दिल बहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई सवार थिए । ट्राफिक प्रहरीको भेषमा आएका लुटेराले चेकजाँच गर्ने बाहानामा जीप रोकेपछि चालक चन्दका कन्चटमा पेस्तोल ताकेर जीप नियन्त्रणमा लिएका थिए । महेन्द्रनगरबाट हिडेको ४५ मिनेट नबित्दै कैलालीको चौकी डाडा भन्ने ठाउँमा पुगेपछि लुटपाटमा परेको थियो । नेपाल प्रहरीका सुदुरपश्चिम प्रमुख डीआईजी नारायण बास्ताकोटीले घटना रहस्यमय भएको बताएका थिए ।

२००८
बैंक अफ काठमाण्डौंको सिनामंगल शाखाबाट २००८ अप्रिल २० मा एक अज्ञात समुहले ८ लाख ५५ हजार लुटिएको थियो । मोटरसाइकमा आएका ३ जना लुटेराले बैंकको केन्द्रिय कार्यालय कमलादीबाट कारोबारको लागि सिनामङ्ल ल्याएको सुरकेश लिटर फरार भएका हुन् । उक्त समुहले २ महिला कर्मचारी र एक गार्डलाई नियन्त्रणमा लिई रकम लुटपाट भएको थियो । रकम लुटेपछि प्रतिकारमा उत्रियका बैंकका सुरक्षा गार्ड डम्बर राउतमाथि लुटेराले खुकुरी प्रहार समेत गरेको थिए । बैंकका कर्मचारीहरुले शाखा कार्यालयका कारोबारका लागि केन्द्रिय कार्यालयबाट रकम ल्याएको सुरकेश भुँईमा राखेर कार्यालयको सटर खोल्ने बेलामा लुटेराहरुले आक्रमण पनि गरेका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: