देवः विकास बैंकको खुद नाफा ३ करोड २९ लाख ७८ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - देवः विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.८५% ले वृद्धि भएर ३ करोड २९ लाख ७८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ३ करोड २३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २७.४२% ले बढेर १५ करोड ३७ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा ५ करोड २४ लाख ९४ हजार रुपैयाँ भएको छ । गत वर्ष यो नाफा ५ करोड ८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

यता बैंकको निक्षेप १५ अर्ब ८४ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ भने १४ अर्ब ३६ करोड ४० लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा ५१ करोड ३८ लाख १५ हजार रुपैयाँ छ ।

 बैंकको खराब कर्जा भने बढेर २.०९% भएको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ २१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ ।
प्रकाशित : Friday, November 02, 2018

recent

Popular Posts