×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भवानी राणा र पशुपति मुरारका बुटवल खेल्दै, अर्थमन्त्री हेर्दै ! (भिडियोसहित)

काठमाडौँ – सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । 
सातौ कर सप्ताहको अवसरमा विहिबार काठमाण्डौको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो । कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग तथा अर्थ मन्त्रालयका कर्मचारी र उद्योगीहरुको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका, चन्द्र ढकाल लगायतबीचको मैत्रिपुर्ण खेल निकै रोमाञ्चक देखिएको थियो । 
कर प्रशासन समुहको तर्फबाट आन्तरिक राजश्व विभागका प्रमुख विष्णु प्रसाद नेपाल र उद्योगी समुहको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले टोली नेताको भुमिका निर्वाह गर्नुभएको थियो । मैत्रीपुर्ण खेल हेर्न अर्थमन्त्री युवराज खतिवडा पनि खेल मैदान पुग्नुभएको थियो । अर्थमन्त्री खतिवडा र महासंघका अध्यक्ष राणाले खेल मैदानमा उत्रिदै आ–आफ्ना टोलीहरुसंग हात मिलाएको दृश्य हेर्न लायक देखिएको थियो । खेलमा उद्योगीहरुको टीमले ३ गोल हानेको थियो भने कर प्रशासकहरुको टिमले एक गोल फर्काएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: