×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको चम्किलो प्रगति, खुद नाफा ३४.३८% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन्स बैंकको आर्थिक वर्ष २०७५/७६को प्रथम वित्तीय विवरण सार्बजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ कमाउन सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा ३४.३८% धेरै हो । गत वर्ष सिटिजन्सको खुद नाफा ३१ करोड ९० लाख ९७ हजार रुपैयाँ कमाएको थियो । 
सिटिजन्सको खुद ब्याज आम्दानी ७५ करोड ३१ लाख ४१ हजार रुपैयाँ भएको छ । यो आम्दानी गत बर्सको तुलनामा ५६.४३% धेरै हो । सञ्चालन नाफा ६० करोड ५९ लाख २९ हजार रुपैयाँ भएको छ । 
यता बैंकको निक्षेप संकलन ६३ अर्ब ३८ करोड ७२ लाख ५५ हजार रुपैयाँ भएकोमा ५९ अर्ब ८८ करोड ३६ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड ७५ लाख ७७ हजार रुपैयाँ छ । 
बैंकको खराब कर्जा १.२३% रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ १८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: