×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विदेशीले लगानी नाभित्र्याई नेपालको विकास नहुने संयुक्त राष्ट्र संघको प्रतिवेदन सार्वजनिक… (भिडियोसहित)

काठमाडौँ – नेपालसहित अतिकम विकसित राष्ट्रहरुले विदेशी लगानी नभित्र्याई आर्थिक प्रगति गर्न नसक्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्र संघ अन्तरगतको व्यापार तथा विकाससम्बन्धि नियोगले विदेशी लगानी नभित्र्याई अतिकम विकसित राष्ट्रहरुले आर्थिक प्रगति गर्न नसक्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा विदेशी कम्पनीहरुलाई आकर्षित गरेर मात्रै अतिकम विकसित राष्ट्रहरुले अन्तराष्ट्रिय उत्पादन संजालमा जोडिने अवसर पाउने पनि उल्लेख गरिएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिनु भयो ।
प्रतिवेदनमा अतिकम विकसित राष्ट्रहरुमा लगानीको अभावमा उद्यमशीलताको विकास हुन नसकेको पनि औंल्याइएको छ । नेपालले पनि पूँजीको अभावमा उद्यमशीलता विकासमा प्रगति गर्न नसकेको उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले पर्याप्त वित्तिय स्रोत जुटाउन नसक्दा नेपालले पनि आर्थिक प्रगति गर्न नसकेको प्रतिवेदनमा समावेश गरिएको बताउनु भयो । काठमाडौंमा हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा विश्वका ४७ वटा अतिकम विकसित देशमध्ये नेपालको ऋण प्रवाहको अवस्था भने तुलनात्मक रुपमा बढि नै रहेको तथ्यांकमा उल्लेख गरिएको छ 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: