डिप्रोक्स लघुवित्तले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति-कति ?

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफबता १०% बोनस र १०% नगद लाभांश दिने निर्णय गरेको हो । 

उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख ४०१ रुपैयाँ रहेको छ । उक्त बोनस वितरण गरिसकेपछि यस लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Thursday, November 29, 2018

recent

Popular Posts