इन्जिनियरि एशोसिएशनको सुदूरपश्चिम सचिबमा भट्टको उम्मेद्धारी

धनगढी - नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समुहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिनुभएको छ । 

विगत ७ बर्षदेखी समयदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रियरुपमा नेतृत्वदायी भुमीका निवार्ह गर्दै आउनुभएका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागी उम्मेद्वारी दिनुभएको हो । 

ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकाशमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हक हितका लागि सरकारसग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताउनुभयो । 

धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गर्नु भएका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर.वि कन्सलटेन्सीको प्रबन्ध निर्देशन हुनुहुन्छ ।

त्यस्तै जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भईसक्नुभएको छ । 

नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिनुभएको भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आउनुभएको छ।
प्रकाशित : Tuesday, November 20, 2018

recent

Popular Posts