×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटीको खुद नाफा १८.५६% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

फरवार्ड कम्युनिटीको खुद नाफा १८.५६% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार यस त्रैमासमा संस्थाको खुद नाफा ८ करोड ४ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १८.५६% बढी हो । गत वर्ष संस्थाले ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
त्यस्तै गरि संस्थाको खुद ब्याज आम्दानी १५.८८% वृद्धि गरेर  १८ करोड ८ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालक नाफा पनि १८.५६% ले वृद्धि गरेर १२ करोड ६३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाको निक्षेप संकलन ३ अर्ब ३९ करोड ४४ लाख ५५ हजार रुपैयाँ भएको छ भने कर्जा लगानी ८ अर्ब ११ करोड २२ लाख ७२ हजार रुपैयाँ गरेको छ । संस्थाको जगेडा कोषमा ८१ करोड ८९ लाख ३५ हजार रुपैयाँ छ । 
संस्थाको खराब कर्जा ०.६१% रहेको छ भने प्रतिसेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ८३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: