ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५७ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५८ हजार मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित : Tuesday, November 27, 2018
,

recent

Popular Posts