गणपति माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, ३ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पारित


काठमाडौँ - गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कार्तिक ३० गते (शुक्रवार) सम्पन्न भएको छ । सभाले वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न विशेष प्रस्ताव पारित गरेको छ ।

सभामा गणपतिले ३ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पनि अनुमोदन गरेको हो । यसैगरी, उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएको छ ।

मर्ज तथा एक्विजिसनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोही आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने लगायतका विषयमा साधारण सभाले सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव अनुमोदन भएको छ ।

यस्तै, सम्पति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा साधारण सभाबाट अनुमति लिइएको छ ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीको सभापतित्वमा सभा सम्पन्न भएको हो । संस्थाको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै संस्थाले हाल सम्म १५ करोड ३७ लाख रुपैयाँ बचत संकलन गरी खुद नाफा ४९ लाख ३९ हजार गरेको छ ।
प्रकाशित : Sunday, November 18, 2018

recent

Popular Posts