×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकले गर्यो १४.२०% नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकी विकास बैंकले १४.२०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको २१४ औँ  सञ्चालक समिति बैठकले संचित मुनाफाबाट सेयरधनीलाई १४.२०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्ने भएको छ ।
यो प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुने बैंकले जनाएको छ । यसको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: