×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकद्धारा श्री कालिका आधारभूत विद्यालयलाई १ थान पानी टंकी सहयोग

काठमाडौं – गरिमा बिकास बैंक लिमिटेडको तल्लो गगनगौंडा शाखाले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित सामुदायिक सरकारी बिद्यालय श्री कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी ब्यवस्थापनको लागि ५०० लिटरको १ थान पञ्चकन्या पानी टंकी हस्तान्तरण गरेको छ । 
मंसिर ९ गते आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी, लघुबित्त बिभाग प्रमुख नविन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केश बहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगौडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै, बिद्यालयको तर्फबाट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गुरुङ, प्रधानाध्यापक बिष्णु बहादुर बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, अबिभावक संघका पदाधिकारीहरु बिद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 
बिद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त पानी टंकी सहयोग गरिएको बैंकका तल्लो गगनगौडा शाखा प्रमुख केश बहादुर गुरुङले जानकारी गराए । प्रधान कार्यालय काठमाडौं लाजिम्पाटमा रहेको गरिमा विकास बैंकले हाल देशभरि ६६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेकोे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: