×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको नयाँ शाखा झापाको दमकमा, नगरपालिकाका मेयर ओलीले गरे उद्घाटन

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमक शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर रामनाथ ओलीले गरे । विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौँको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । २०७५ मंसीर १० गतेसम्म विकास बैंकले रु.२४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: