गरिमा विकास बैंकले गर्यो प्रगति, खुद नाफा १६८.४६% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको रिपोर्ट अनुसार बैंकको खुद नाफा १६८.४६% वृद्धि गरेर ९ करोड १८ लाख ५८ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकको खुद नाफा ३ करोड ४२ लाख १७ हजार रुपैयाँ मात्र कमाएको थियो ।

गरिमाले खुद ब्याज आम्दानी ३० करोड ३ लाख ४ हजार रुपैयाँ कमाएको छ । यो आम्दानी गत वर्षको तुलनामा  ६२.२१% ले धरै हो । बैंकको सञ्चालन नाफा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकले २२ अर्ब ८८ करोड निक्षेप संकलन गरेर २० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । 

बैंकको जगेडा कोषमा ४६ करोड ४९ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८४% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा छ ।
प्रकाशित : Tuesday, November 06, 2018

recent

Popular Posts