शुक्रबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५७ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५७ हजार २ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय कायम गरेको छ ।
प्रकाशित : Friday, November 30, 2018
,

recent

Popular Posts