सुनको मुल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५८ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५७ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित : Monday, November 26, 2018
,

recent

Popular Posts