×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खाज फाइनान्सको खुद नाफा १ करोड २३ लाख ९५ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गोर्खाज फाइनान्सको आर्थिक वर्ष २०७५/७६को प्रथम वर्षको वित्तिय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २३ लाख ९५ हजार रुपैयाँ कमाएको छ भने  खुद ब्याज आम्दानी ५७ लाख २१ हजार रुपैयाँमा भएको छ । त्यस्तै गरि सञ्चालन नाफा ३ करोड २० लाख ३५ हजार रुपैयाँ  रहेको छ । 
कम्पनीको निक्षेप संकलन ५ अर्ब ८० करोड १८ लाख ६५ हजार रुपैयाँ  गरी ४ अर्ब ३३ करोड ७७ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ९२ लाख ७७ हजार रुपैयाँ जम्मा भइसकेको छ । 
कम्पनीको खराब कर्जा ४.९५% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: