हिमालयन बैंकले सुरु गर्यो मोबाइल बैंकिङ एप, सम्पुर्ण बैंकिङ जानकारी मोबाइलमै

काठमाडौँ - हिमालयन बैंक लिमिटेडले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखि मोबाइल बैंकिङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको हो । 

बैंकले ‘हियर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ भन्ने मुल नाराका साथ मोबाइल बैंकिङ एपको सुरुवात गरेको हो । उक्त एपबाट ग्राहकले आफ्नो खाताबारे जाकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋणको जानकारी लिने, बैंकत्रिकैै रकम अर्को खातामा स्थानान्तरणका साथै बिल भुक्तानी गर्ने लगायत सुविधा मोबाइल बैंकिङ एपमा पाइने बैंकले जनाएको छ ।
प्रकाशित : Tuesday, November 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal