×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइपिओ नोटिस : हिमालय ऊर्जाको ९ लाख ९० हजार कित्ता भर्ने आज अन्तिम मौका

आइपिओ नोटिस 
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : कात्तिक ६ गते
भर्ने अन्तिम मिति : आज (मंसिर ५ गते, बुधबार)
कित्ता : ९ लाख ९० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता

विवरण : 

हिमालय ऊर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता आइपिओ भर्न आज अन्तिम दिन रहेको छ ।  यो आइपिओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो । सुरुमा कात्तिक २० गतेसम्मका लागि सेयर खुला गरिएको थियो । त्यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेपछि समय थपेर मंसिर ५ सम्म पुर्याइएको हो ।यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् ।

आवेदन दिन सकिने शाखाहरु :

सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा 
प्राइम कमर्सियल बैंक जिरी शाखाबाट,
सेञ्चुरी बैंक जिरी शाखा 
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: