×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घलेम्दी जलविद्युत आयोजना १५ लाख ५५ हजार आईपिओ जारी गर्ने तयारीमा, निर्माण अन्तिम चरणमा पुग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घलेम्दीखोला जलविद्युत आयोजनाले १५ लाख ५५ हजार आईपिओ जारी गर्ने तयारी गरेको छ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित उक्त आयोजना निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त आयोजनाको नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकिएको छ ।  उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त आयोजना पाँच दशमलव पाँच मेगावाट क्षमताको आयोजना हो । 
यससँगै आयोजनाले १५ लाख ५५ हजार ७७० कित्ता शेयर सर्वसाधारणका लागि आर्इपिओ जारी गर्ने भएको हो । यसका लागि प्रक्रियासमेत अगाडी बढीसकेको छ । गत असार-साउनमा आयोजना प्रभावितका लागि ५ लाख ५० हजार कित्ता शेयर जारी गरिसकेको  कम्पनीले आउँदो फाल्गुनदेखि विद्युत उत्पादन गर्नेछ । कम्पनीले चैत्रभित्र परिक्षण उत्पादन गर्ने लक्ष राहेको थियो । एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेको छ ।
घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिनेसमेत बताइएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: