×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंक र नेपाल नेत्रज्योती संघबीच सम्झौता, हेर्नुहोस् यस्ता छन् सम्झौताका बुदाँहरु

काठमाडौँ – संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको यस जनता बैंक र नेपाल नेत्रज्योति सँघबीच एक सम्झौता सम्पन्न भएको छ । जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले संझौता पत्र आदान प्रदान गर्नुभयो ।
सम्झौता अनुसार यस आर्थिक वर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर सञ्चालन गरिने छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नुपर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिनेछ । यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने छ । गत आर्थिक बर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४००० जनताहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: