×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भौतिक मन्त्रीको सनसनीपूर्ण खुलासा, छठलगत्तै ओली सरकार परिवर्तन हुने

बारा – प्रदेश २ का भौतिक विकासमन्त्री जितेन्द्र सोनलले छठपछि केपी ओली नेतृत्वको केन्द्रीय सरकार बदलिने खुलासा गरेका छन् । उनले काठमाडौंको सरकारको आफैं दिनगन्ती सुरु भएको उनले दाबी गरेका छन् ।
गृहजिल्ला बाराको बिश्रामपुर गाउँपालिकास्थित २ करोडको लागतमा गाडिने स्टेट बोरिङको जग्गा अनुगमनको सिलसिलामा आइतबार त्यहाँ पुगेका मन्त्री सोनलले राजपा नेपालका महामन्त्रीसमेत रहेका मन्त्री सोनलले सरकार बदलनका लागि विभिन्न खेल भइरहेको आफूले सूचना पाएको दाबी गरे ।
उनले भने, ‘माधव नेपाल ज्यूको पार्टीमा आफैं खैलाबैला छ । ३ नम्बर प्रदेशमा हेर्नुस्, एउटा मन्त्री बर्खास्त गरिएको छ । एउटा मन्त्रीले अर्कोलाई मान्ने स्थिती छैन् । हाम्रो २ नम्बर प्रदेश सरकार ढल्दैन । बरु केन्द्र सरकार छठपछि ढल्छ ।’
सोहि गाउँमा मन्त्री सोनल पुग्नुभन्दा ठिक १ दिनदिनअघि नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले छठपछि प्रदेश २ को सरकार बदलिने बताएका थिए । त्यसकै जवाफमा मन्त्री सोनामले ओली सरकार बदलिने बताएका हुन् ।
शुभकामना आदान प्रदान सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका थिए । नेता नेपालको अभिव्यक्तिको प्रतिवाद गर्न मन्त्री सोनलले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गराएर संघीय सरकार छठपछि ढल्ने बताएका हुन् ।
‘एक वटा होइन, ५ वटा छठ वितेपनि हाम्रो सरकार ढल्ने छैन’, उनले भने, ‘बरु केन्द्र सरकार ढल्छ ।’ उनले व्यङ्गात्क शैलीमा भने, ‘माधव नेपाल ज्यू, रौतहटबाट हारेर काठमाडौं जानु भयो, मधेसको जनताको आकांक्षा पुरा गर्न सक्नु भएन ।
अहिले मधेसमा आएर हाम्रै सरकार ढल्ने बताउनुहुन्छ । बरु उहाँको पार्टीको केन्द्रीय सरकार परिवर्तन छठपछि हुँदैछ । कम्युनिष्ट पार्टीमा दैनिक कुटाकुटको अवस्था छ ।’ यो देशमा कम्युनिष्ट शासन नचल्ने उनले दाबी गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: