तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक घर्तीसहित २ पक्राउ, बिरामीको नाटक गर्दै अस्पताल भर्ना भए प्रविण श्रेष्ठ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तत्कालीन किष्ट बैंकका सीइओ कमल ज्ञवाली पक्राउ परेको केहि समयपछी तत्कालीन किष्टका नायव महाप्रबन्धक बीएन घर्तीर प्रवीन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको अभियोगमा फरार रहेका उनीहरुलाई सिआइवीको टोलीले बिहीबार पक्राउ गरेको हो । बिहिबार बेलुकी दुइ जनालाई नियन्त्रणमा लिइएको हो ।

यता प्रविन श्रेष्ठभने बिरामी भएको नाटक गर्दै अस्पताल भर्ना भएका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।  कानुनअनुसार विरामी भएको खण्डमा अस्पताल भर्ना हुन पाउने अधिकार जो कोहिलाइ भएको फाइदा उठाउँदै उनी अस्तपाल भर्ना भएका हुन् । उनीहरु माथि 'जम्को प्रकाशन प्रालि' लाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको अभियोग छ । 
प्रकाशित : Friday, November 23, 2018

recent

Popular Posts