×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमलप दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।
स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको र डिस्चार्जको तयारी भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भेट्न अस्पताल पुगेका हुन् । सोमबार बिहान अस्पताल भर्ना गरेका दिन पनि प्रचण्डले प्रधानमन्त्री भेट्न अस्पताल पुगेका थिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले स्वास्थ्य अवस्था भने सामान्य बन्दै गइरहेको बताएका छन् । अस्पतालले शुक्रबार साँझ वा शनिबारसम्म डिस्चार्जको तयारी गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: