×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश बिकास बैंकको सुन्दै अचम्म लाग्ने अनियमितता प्रकरण अख्तियार पुग्यो, प्रमाणित भए कस्तो सन्देश जाला ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कुनै न कुनै लफडा निस्किरहने कैलाश बिकास बैंकमा भएको अनियमितता प्रकरण अख्तियार पुगेको छ । नेपाल राष्ट्र बैंकका केहि हाकिमहरुसँग मिलेर बैंकका विभिन्न प्रकरण तुहाइएको र दोषीमाथि कारवाही नभएको भन्दै बैंक विरुद्ध बैंककै कर्मचारी अख्तियार पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केहि बाहिर आएका तथ्यहरु बुझाइएका छन् भने केहि अचम्मलाग्दा कुराहरुसमेत उक्त उजुरीमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था ऐनमा उल्लेख भएअनुसारको योग्यता नपुगेका चिन्तामणि पाण्डे राष्ट्र बैंककै केहि हाकिमहरुको मिलेमतोमा बैंकमा बसेको भन्दै नीजलाई कारवाही प्रक्रिया अगाडी बढाउन उक्त पत्रमा आग्रह गरिएको छ । उक्त उजुरीमा बैंकका सिनियर हाकिम विदेश जाँदा बैंकको सम्पत्तिको दुरुपयोग भएको उल्लेख गरिएको छ । 
यस्तो घोर-अचम्म ! प्रमाणित भए के होला ?
अझ अचम्म लाग्दो कुरा त के छ भने बैंकमा अनौठो खालको अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियारमा परेको पत्रको बुँदा नम्बर २ मा बैंकका सीइओ अमृतचरण श्रेष्ठको ठाडो निर्देशनमा बैंकमा डेपुटी सीइओदेखि आइटी प्रमुखसम्म ६० बर्ष भन्दा बढी उमेरका कर्मचारी करारमा राखिएको उल्लेख छ । त्यतिमात्रै त ठिकै थियो । बैंकले कृष्ण गोपाल मानन्धरलाइ ६५ बर्षको उमेरमा बैंकमा राखेको, ६२ बर्षका प्रदीप तुलाधरलाइ आइटी प्रमुखमा राखिएको र ६२ बर्षका कनैह्यालाल राजबंशीलाई कम्प्प्लाइन्स विभागमा राखिएको र यी सबैले पाएको तलवको १० % रकम सीइओलाई नै बुझाउने गरेको आरोप उक्त पत्रमा लगाइएको छ । पत्रमा यस प्रकरणमा उनीहरुको /मनि मुभमेन्ट’ अनुसन्धान गर्ने हो भने स्पष्ट रुपमा पत्ता लाग्ने पनि उल्लेख छ । यो आरोप अनुसन्धानका क्रममा प्रमाणित भयो भने नेपाली बैंकिङ क्षेत्रमा हुने हदैसम्मको फोहोरी खेल बाहिर आउनेछ ।
बैंक भन्छ, ‘अख्तियारमा परेको उजुरीको औपचारिक जानकारी छैन’
यता बैंकले भने आफुलाई अख्तियारमा परेको उजुरीको औपचारिक जानकारी नभएको बताएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सूचना अधिकारी प्रकृति राज तिमिल्सीनाले आफुहरुलाई कहीं कतै बाट पनि अख्तियारमा उजुरी परेको बारे औपचारिक जानकारी नआएको स्पष्ट पारे । ‘हामीलाई यस विषयमा कुनै पनि जानकारी छैन । स्वायत्त निकायमा उजुरी परेको भए त्यसको छानविन पनि होला । त्यसपछि भएको के रहेछ भन्ने भन्न सकिएला ।’ यता विशेष स्रोतका अनुसार उक्त पत्र अख्तियारबाट राष्ट्र बैंक पुगेको र राष्ट्र बैंकले बैंकलाई स्पष्टीकरण सोध्ने तयारीमा रहेको बुझिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: