×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किसान माइक्रोफाइनान्सले २९% बोनस सेयर पारित गर्न बोलायो पुस ७ मा एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको  छैटौं साधारण सभा पुस ७ गते हुने भएको छ । कम्पनीले मंसिर ११ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट वार्षिक साधारणसभा गर्ने निर्णय गरिएको हो ।
कम्पनीले पुस ७ गते संस्थाको भवन निर्माण स्थल बलिया कैलालीमा बिहान ११ बजे हुने भएको छ ।
साधारणसभा चुक्ता पुँजीको २९% बोनस शेयर र १.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । संस्थाको हालको हकप्रद शेयर र बोनस शेयर पश्चातको हुन आउने चुक्ता पुँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभाका लागि बुक क्लोज मंसिर २९ गते बन्द गरिनेछ । मंसिर २७ गते सम्मा कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: