×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकले गर्यो १०% नगद लाभांश दिने घोषणा

काठमाडौँ – माछापुच्छ्रे बैंक लि.ले १०% नगद लाभांश दिने भएको छ । बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकमा गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १०% नगद लाभांश दिने निर्णय गरेको छ । 
बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित गरे पछि मात्र कार्यान्वयनमा ल्याइनेछ । 
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित गरेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: