×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको नयाँ शाखा बाराको प्रसौनीमा, गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताले गरे उदघाट्न

काठमाडौं – महालक्ष्मी विकास बैंकले बाराको प्रसौनी गाउँपालिका २ मा शाखा विस्तार गरेको छ । प्रसौनी शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताले गरेका छन् । 
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले बैंकले ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आएको र आगामी दिनमा देशका शहरी तथा ग्रामीण क्षेत्रमा सेवा दिइने बताए । 
बैंकले देशभर ८५ वटा शाखा विस्तार गरेको जनाएको छ । यस्तै ३५ वटा एटिएमबाट वित्तीय सेवा दिइएको पनि बैंकले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । 
बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने हालसम्म २६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संङ्कलन गरी २४ अर्ब ९ करोड कर्जा प्रवा गरेको जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: