×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मीको नयाँ शाखा झापाको दमकमा, नगरपालिकाका मेयर रोमनाथ ओलीले गरे उद्घाटन

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा दमक शाखा कार्यालय स्थापना गरको छ । शुक्रबार झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजार स्थित दमक शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
दमक शाखाको समुद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गरेका थिए । शाखा उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उक्त अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणहरुले शुभकामना मन्तव्य व्यक्त गदैं उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ८४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: