महुली सामुदायिकको ५०% हकप्रद खुल्यो, फारम भर्न कहाँ जाने ?


राइट नोटिस 
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
खुल्ला भएको मिति : मंसिर ११ गतेमंगलबार
हकप्रद : ५०% (३ लाख कित्ता)
अनुपात : २ः१
भर्ने अन्तिम मिति : पुस १६ गते


विवरण : 
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद आज देखि  खुल्ला भएको छ । कम्पनीले २:१ अनुपातमा १०० अंकित मुल्यमा ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


आवेदन दिन सकिने शाखाहरु :

सनराइज क्यापिटल कमलपोखरी,
महुलीका शाखा कार्यालयहरुबाट,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था,
माहुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने 


कम्पनी प्रोफाइल 
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ९ करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८५ लाख ५१ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ५७ रुपैयाँ १ पैसा
प्रतिसेयर नेटवर्थ : ३७१ रुपैयाँ ९२ पैसा
प्रकाशित : Tuesday, November 27, 2018

recent

Popular Posts