×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्सले गर्यो प्रगति, खुद नाफा ६१.४२% ले वृद्धि

काठमाडौं – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६१.४२% ले वृद्धि भएको छ  ।  गत वर्ष कम्पनीले खुद नाफा ६६ लाख १३ हजार रुपैयाँ वृद्धि गरेर १ करोड ६ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको खुद ब्याज आम्दानी ६०.७९% वृद्धि गरेर ४ करोड ७१ लाख ९६ हजार रुपैयाँ कमाउन सफल भएको छ । त्यस्तै सञ्चालन नाफा १ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ । 
मञ्जुश्रीले पहिलो त्रैमाससम्म ६ अर्ब ३४ करोड ६९ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड १४ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो फाइनान्सको खराब कर्जा २.३१% र कस्ट अफ फन्ड १०.४२% रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ७७ लाख ५४ हजार रुपैयाँमा रहेको छ । कम्पनीको खराब कर्जा २.३१% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: