×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायीहरु प्रति मन्त्री यादवको असन्तुष्टी, ‘देश नै बिर्सेर नाफा मात्र सोचेर हुँदैन, सरकार र उयोगी झगडा गरेर हुन्न’ (भिडियोसहित)

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाए । उद्योग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँडन पनि सचेत गराए । उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गरे ।
मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे । उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ । मन्त्री यादवले स्वदेशी बस्तुमा उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: