×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ३९४% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ३९४% ले वृद्धि

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक  वित्तीय विवरण  सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ४५ लाख रुपैँया भएको छ । यो नाफा गत वर्षको तुलनामा ३९४% ले धरै हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख खुद नाफा कमाएको थियो ।  
बैंकको निक्षेप संकलन ६६%ले वृद्धि गरेर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ ।  गत वर्षको यहि अवधिमा  २६ अर्ब २७ करोड मात्र निक्षेप संकलन भएको थियो । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ । 
मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लि.बीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: