×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथको खुद नाफा ४७.९३% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथको खुद नाफा ४७.९३% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमसको रिपोर्ट सार्बजनिक भएको छ । सार्बजनीक भएको रिपोर्ट अनुसार बैंकको खुद नाफा २० करोड ३ लाख ७८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्ष तुलनामा ४७.९३%ले वृद्धि भएको हो । गत वर्ष बैंकले १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
त्यस्तै गरि बैंकको खुद ब्याज आम्दानी ४२ करोड ५७ लाख ७६ हजार रुपैयाँ कमाएको छ । यो गताबर्सको तुलनामा ६५.०५% धेरै हो ।साथै, सञ्चालन नाफा ३१ करोड १७ लाख ५२ हजार रुपैयाँ रहेको छ । 
बैंकको निक्षेप संकलन ३३ अर्ब २५ करोड ६९ लाख ८७ हजार रुपैयाँ गरेर २८ अर्ब ८५ करोड २ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा १ अर्ब १४ करोड ८२ लाख ९१ हजार रुपैयाँ छ । 
बैंकको खराब कर्जा ०.२% मा रहेको छ भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४ रुपैयाँ ३१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: