मल्टिपर्पोज फाइनान्सको ८६४.४६% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - मल्टिपर्पोज फाइनान्सले ८६४.४६% हकप्रद आउने भएको छ । कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । कम्पनीले १ः८.६४४ अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदमा सिभिल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ८६४.४६% हकप्रद ल्याउन लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Friday, November 30, 2018

recent

Popular Posts