एनआईसी एशियाले ल्यायो नयाँ योजना, बैंकको भिषा डेबिट वा क्रेडिट कार्डमा क्यास ब्याक पाइने

काठमाडौँ - एन आई सी एशिया बैंक लिमिटेडले नेपाल भित्र भिषाको सहकार्यमा POS मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले POS मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको Cash Back पाईने छ ।

प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००/- Cash Back
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००/- Cash Back
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००/-  Cash Back
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००/-  Cash Back
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००/- Cash Back
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Backहुनेछ ।
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Back हुनेछ ।

यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रकाशित : Friday, November 30, 2018

recent

Popular Posts