एनआईसी एशियाको नयाँ शाखा पोखराको बुढिबजारमा, प्रादेशिक कार्यालय प्रमुख रावलले गरे उद्घाटन

काठमाडौं - एनआईसी एशिया बैंकले पोखराको बुढिबजार नयाँ शाखा शुभारम्भ गरेको छ । एनआईसी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलबाट आज एक समारोहकाबीच नयाँ शाखा उद्घाटन गरिएको हो ।


बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन अन्य स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

बैंकले मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित : Friday, November 30, 2018

recent

Popular Posts