×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सले गर्यो १५% बोनस दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । कम्पनीले बिहिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम  चुक्ता पुँजीको १५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । संस्थाले बोनस सेयरमा २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ र (कर तिर्न) नगद ११ लाख १२ हजार १ सय ७१ खर्च गर्ने भएको छ ।

सञ्चालक समितिले निर्णय गरेको लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । एनएमबिको चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको छ । यो बोनस वितरणपछि चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुर्याउनेछ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: