×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टिप्स : लोकसेवाको तयारी गरिरहनुभएको छ ? पढ्नुहोस् नेपाल राष्ट्र बैंकबारे बुझ्नै पर्ने यी तथ्य र इतिहास !

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- के तपाईं लोकसेवाको तयारी गरिरहनु भएको छ ? यदी छ भने बैंक तथा वित्तीय संस्था सम्बन्धि प्रश्नमा नेपाल राष्ट्र बैंकबारेका केहि तथ्यहरु सोधिने नै गरेको हुन्छ । आजको अंकमा हामीले नेपाल राष्ट्र बैंकको इतिहास, यससम्बन्धि केहि तथ्य, र लोलासेवामा प्राय सोधीने बैंक तथा वित्तीय संस्था सम्बन्धि केहि प्रश्नमा काम लाग्ने तथ्य लिएर आएका छौं ।
तपाईंले बुझने पर्ने नेपाल राष्ट्र बैंकको इतिहास 
वि.सं. १९४२ को शमसेर राणाहरुको विद्रोह अगाडि अहिलेको नेपाल राष्ट्र बैंकको भवन थापाथली दरबारकै एक भागको रुपमा रहेको थियो । चन्द्र शमसेर सत्तामा आएपछि सिंहदरबार सरेर यो दरबार छोरा सिंह शमसेरलाई हस्तान्तरण गरे । यो दरबार त्यसपछि सिंहमहलको नामले चिनिन थाल्यो । वि.सं. १९९० को महाभूकम्पले महललाई क्षति पुर्याएपछि यसलाई पुनः निर्माण गरिएको थियो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि एक दिन जंगबहादुरका केही सन्तति आएर यो दरबारमा हक दाबी गरेपछि सिंह शमसेरले जंगबहादुरका सन्ततिलाई भोलिपल्ट बोलाई थापाथली जंगबहादुरको हुनु अगावै थापाहरुको भएको र पहिले थापाहरुसँग सल्लाह गरी हकदाबी गर्नु भनी पठाएका थिए । त्यसपछि उनले यो सिंहमहल ७ लाख रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेचिदिए । हाल यो दरबारमा नेपाल राष्ट्र बैंकको कार्यालय रहेको छ । 
विश्व बैंकको इतिहास 
विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको स्थापना १९४४ मा अमेरिकाको बे्रटन वुड्स शहरमा विश्वका नेताहरुको सम्मेलनको समयमा भएको थियो । यी दुई संस्था बे्रटन वुड्स संस्थाको नामले चिनिने गर्छ । दोस्रो महायुद्धपछि अन्तराष्ट्रिय अर्थ व्यवस्थालाई तरलताको अभावलाई सुधार्ने उद्देश्यले संस्थाको गठन भएको थियो । तर, यी दुई वित्तीय संस्थाका भुमिका अलग-अलग छन् । 
के हो बैंक ? 
सामान्य अर्थमा मुद्राको कारोबार वा लेनदेन गर्ने गरि प्रचलित कानुन बमोजिम सङ्ठित संस्थालाई बैंक भनिन्छ । बैंक एक वित्तीय संंस्था हो । जहाँ जनतासँग भएको धनराशी जम्मा गरिने तथा जनतालाई कर्जा दिने गरिन्छ । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट व्याज लिने हिसाबले बैंकमा धनराशी जम्मा गर्ने गरिन्छ । जनताले आफुले बैंकमा जम्मा गरेको धनराशीको निर्धारित समयमा बैंकिङ नियम पुरा गरि रकम निकाल्न र पुन राख्न सक्दछन् । साथै कर्जा आवश्यक परेको खण्डमा आवश्यक प्रक्रिया पुरा गरि कर्जा लिन सक्दछन् । यस्तै, प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरि राखिदिने व्याजमा ऋण दिने आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ । 

के हो नेपाल राष्ट्र बैंक ? 
हरेक मुलुकमा बैंक तथा वित्तीय संस्थाहरुको नियमन तथा नियन्त्रण लागि एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले बिशेष गरि मुद्रा व्यवस्थापनका कान गर्नुका साथै सरकारको आर्थिक क्रियाकलाप अर्थात गतिविधि हेर्ने काम गर्दछ । बिश्वमा सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको मातहत र निर्देशनमा चलिरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकको स्थापना नेपालको सन्दर्भमा सबैभन्दा पहिलो बैंक नेपाल बैंक लिमिटेड हो । यस बैंकको स्थापना १९९४ मा भएको थियो । त्यसपछि नेपालको आर्थिक क्षेत्रको व्यस्थापन गर्ने उद्देश्यले केन्द्रिय बैंकका रुपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ बैंशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको थियो भने २०२४ सालमा कृषि विकास बैंकको स्थापनापछि बैंकिङ क्षेत्रको क्रम बढेर गएको पाइन्छ । 

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि एक दिन जंगबहादुरका केही सन्तति आएर यो दरबारमा हक दाबी गरेपछि सिंह शमसेरले जंगबहादुरका सन्ततिलाई भोलिपल्ट बोलाई थापाथली जंगबहादुरको हुनु अगावै थापाहरुको भएको र पहिले थापाहरुसँग सल्लाह गरी हकदाबी गर्नु भनी पठाएका थिए । त्यसपछि उनले यो सिंहमहल ७ लाख रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेचिदिए । हाल यो दरबारमा नेपाल राष्ट्र बैंकको कार्यालय रहेको छ । 

नेपाल राष्ट्र बैकले गर्ने कार्यहरु 
१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने । 
२. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने । 
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने, 
४. विनिमय पद्धति निर्धारण गर्ने । 
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने । 
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने । 
७. नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने । 
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने । 
९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने । 
१०. बैंकका निर्धा्रित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने । 
नेपालको पहिलो गर्भनर हिमालय शमशेर राणा नेपालका बैंकर तथा नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हुन् । उनी १९५६ अप्रिल २६ देखी १९६१ बेब्रुअरी ७ सम्म नेपाल राष्ट्र बैंकको गर्भनर थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: