×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्त गर्यो प्रगति, खुद नाफा १३.११% बढ्दा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १३.११% बढेर १ करोड ३९ लाख ९ हजार रुपैयाँ कमाएको छ । गत वर्ष नाडेपले १ करोड २२ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
नाडेपले खुद ब्याज आम्दानी पनि ७% ले बढोत्तरी गरेर ६ करोड १९ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि २ करोड ६ लाख ५९ हजार रुपैयाँ कमाएको छ । संस्थाले निक्षेप संकलन ८९ करोड १७ लाख ४८ हजार रुपैयाँ गरेर ३ अर्ब ७ करोड ७९ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल नाडेपको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ५ लाख १३ हजार रुपैयाँ जम्मा रहेको छ । संस्थाकोे खराब कर्जा ३.३६% भएको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: