×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेली लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ५४.४१% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ३९ लाख ३९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५४.४१% धेरै हो । गत वर्ष यस संस्थाले २५ लाख ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी १९.५५%ले बढेर १ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन  नाफा पनि ५४.३८% ले बढोत्तरी गरेर ६१ लाख ९१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
संस्थाको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ६ करोड ९४ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको खराब कर्जा ४.०९% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा र  प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: