×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेसनल माइक्रोफाइनान्स
लाभांश :  ४०% ( २५% बोनस सेयर र १५% नगद लाभांश)
बुक क्लोज : शनिबार (मंसिर १५ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : मंसिर २८ गते

विवरण :

नेसनल माइक्रोफाइनान्सको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा २५% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि नेसनलले शनिबार (मंसिर १५ गते) बुक क्लोज गर्नेछ । शुक्रबार सेयर कारोबार नहुने भएकाले लाभांश सुरक्षित गर्न बिहीबारसम्म सेयरधनी बनेको हुनुपर्नेछ ।

नेसनलले बोनस वितरणका लागि ३ करोड ८९ हजार रुपैयाँ र नगद लाभांशका लागि १ करोड ८० लाख ५३ हजार ४०० रुपैयाँ खर्च गर्नेछ ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ६४ लाख ७२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ७० रुपैयाँ ३८ पैसा
प्रतिसेयर नेटवर्थ :  १९९ रुपैयाँ २४ पैसा । ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: