×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा दार्चुलाको हिकिलामामा, कुल शाखा ७८ पुग्यो

काठमाडौैं – नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो । नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०७ वटा एटिएम पुगेको छ । 
११ हजार जनसंख्या बसोबास गर्ने उक्त क्षेत्रका स्थानीयको मुख्य पेसा जडीबुटी रहेको छ । विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंकको रुपमा रहेको छ ।
बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार भन्दा बढी एटिएम रहेका छन भने ३ हजार बढी टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द रहेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार निरन्तरता दिएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: